अछाममा दृष्टिविहिन महिलालाई करणी गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको रामारोशन गाउँपालिकाका ५१ वर्षीय चेतमान रोकाया रहेका छन । दृष्टिविहीन महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको बताए । उनीमाथि मुद्दा दर्ता गरेर कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ भने महिलालाई सुरक्षित आवासगृहको संरक्षणमा राखिएको डिएसपी भण्डारीले बताए । पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाको अपांगता भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर करणी गरेको हुन सक्ने प्रहरीले बताएको छ।
जिल्लाको मंगलसेन नगरपालिका– १३ बस्तिकी की पीडित महिला अध्ययनको सिलसिलामा मंगलसेन बजारमा बस्दै आएकी थिइन् । एसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post