अछामको जयगढ बजारमा आगलागी ।

14
SHARES
77
VIEWS

अछाम : अछाम जिल्लाको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा मंगलबार साँझ आगलागी भएको छ । पत्रकार धनराज साउँदका अनुसार मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेको छ ।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाहरूले सक्दो प्रयास गरिरहे पनि आगोको मुस्लो बढ्दै गएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ । पत्रकार साउँदले जानकारी दिए अनुसार आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल उक्त क्षेत्र गैसकेको छ ।

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा अहिले स्थानीयवासीको ठूलो भीड लागेको छ भने सबैजना आगो निभाउने प्रयासमा जुटेका छन् ।

आगलागीको थप विवरण र क्षतिको यकिन जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार