अछाम : कमलबजार नगरपालिका वडा न ७ मा रहेको सेरा स्वास्थ्य चौकीमा चोरी भएको छ । सोमबार राती अज्ञात समुहले कार्यालय बाट एकथान डेस्कटप कम्प्युटर र विद्युतीय हाजिर चोरी गरेको हो । स्वास्थ्य चौकीको मुल ढोका धकेलेर भित्र पसी सामग्री चोरी गरेको बताईएको छ । सोमबार दिउसो मात्रै स्वास्थ्य चौकीमा विद्युतिय हाजिरी जडान गरिएको थियो ।
जडान गरिएको राती नै स्वास्थ्यचौकी बाट कम्प्युटर र विद्युतिय हाजिरी चोरी हुनु निकै संकास्पद कुरा भएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर विष्टले बताउनुभयो । चोरी भएको विषय ईलाका प्रहरी कार्यालय कमलबजारलाई जानकारी गराईएको छ ।
यता ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख हर्ष बहादुर चन्दले घट्नाको अनुसन्धान सुरुभईसकेको जानकारी दिनुभएको छ । प्रहरी पम्रख चन्दले भन्नुभयो मंगलबार साझ मात्रै हामीलाई यो घट्नाको विषयमा जानकारी आएको छ चोरीमा संगलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान सुरुभईसकेको उहाको भनाई छ ।













Discussion about this post