कात्यायनी माविमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन

8
SHARES
45
VIEWS

निराजन भण्डारी । कमलबजार नगरपालिका वडा नम्बर ६ मा अवस्थित कात्यायनी माध्यमिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको छ । गत फागुन देखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको बताउँदै विद्यालयका प्रधानाध्यापक टोपेन्द्र कुमार शाहीले अहिले विद्यार्थीहरुले च्याउ खेती गरिहरेको बताउनुभयो । विद्यार्थीहरुले सञ्चालन गरेको च्याउ खेती बाट च्याउ उत्पादन हुन थालिसकेको बताउँदै प्रधानाध्यापक शाहीले केही च्याउ कमलबजार र मंगलसेनमा बिक्री गरिएको पनि बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शाहीका अनुसार,विद्यार्थीलाई कृषि तथा उद्यमशीलता सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । विद्यालय प्रशासनले आगामी दिनमा कृषि कार्यक्रमलाई अझ विस्तार गर्दै उत्पादन वृद्धिका साथै विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । यस कार्यक्रमले बिद्यार्थीहरुलाई पनि सिक्दै कमाउदै कार्यक्रममा आकर्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार