वायु प्रदुषणबाट सुरक्षित रहन काठमाण्डौमा मास्क वितरण

10
SHARES
56
VIEWS

निराजन भण्डारी अछाम । काठमाण्डौ उपत्यकामा रहेको शंकरदेब क्याम्पसले वातारणीय प्रदूषणबाट सुरक्षित रहन नागरिकलाई मास्क वितरण गरेको छ । शुक्रबार विद्यार्थी भिमेश रिमालेको नेतृत्वको टोलीले शंकरदेब क्याम्पस आसपासका कार्यालय तथा स्थानीय नागरिकलाई मास्क वितरण गरेको हो ।

रिमालका अनुसार पछिल्लो केही दिन यता काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च विन्दुमा पुगेकाले यहाँका स्थानीय नागरिकलाई सुरक्षित रहन सचेत गराउने उदेश्यले करिब १५ सय मास्क वितरण गरिएका छन ।

मास्क वितरण कार्यक्रममा शंकरदेब क्याम्पसमा अध्ययनरत विद्यार्थी मधु अर्याल,दिपक विक,कोपिला चौलागाई,विवेक पौड्याल,अनिशा अधिकारी,बविता योगी लगायतको सहभागीता रहेको थियो । केही दिन यता काठमाण्डौ उपत्यका प्रदुषित सहरको विश्व सुचीमा पहिलो नम्बरमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार