भाटभटेनीका सुरक्षाकर्मी ५ लाख सहित सम्मानित

6
SHARES
31
VIEWS

गएको चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपर स्टोर लुट्न पुगेकाहरूसँग एक्लै प्रतिकार गरेका सुरक्षाकर्मी दुल प्रसाद पराजुली सम्मानित भएका छन् । पराजुलीलाई आज एक कार्यक्रमकाबीच भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले नगद पाँच लाख एक हजार एक सय ११ रुपैयाँसहित सम्मान गर्नुभएको हो । उनले नगद पुरस्कारसहित एक फुली र पाँच ग्रेडको बढुवा पनि पाएका छन् । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।

गएको १५ गते भाटभटेनी लुट्न पुगेकाहरूमाथि उनले लाठी प्रहार गर्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस्तै कार्यक्रममा अन्य कर्मचारीहरूले पुरस्कार र सम्मान पाएका छन् । यसैबीच भाटभटेनीका सञ्चालक गुरुङले १५ गतेको प्रदर्शनका क्रममा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सबिन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने घोषणा गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार