निराजन भण्डारी ।अछामकाे ढकारी गाउँपालिकाका विपन्न समुदायका ८० जना नागरिकलाई बाख्रा वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र अछामकाे आर्थिक सहयोग र ढकारी गाउँपालिका पशु शाखाकाे प्राविधिक सहयोगमा बाख्रा वितरण गरिएको हाे ।
विपन्न समुदायका नागरिकलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले पालिकाकाे वडा नम्बर १,२,३ र ७ का एक जनालाई
२ वटा बाख्राकाे दरले करिब १ सय ६० बाख्रा वितरण गरिएको पशु शाखा ढकारीका प्रमुख नृप प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
बाख्रा वितरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देबी शाही र पशु प्राविधिककाे समेत सहभागीता रहेको थियोे ।
बाख्रा पाएपछि जिपिको पार्जन गर्न सजिलो हुने भन्दै विपन्न समुदायका नागरिक खुशी भएका छन ।













Discussion about this post