टेक बहादुर थापा ।नेकपा एमाले अछामले आयोजना गरेको जनप्रदर्शन तथा जागरणसभा मंगलसेनमा सम्पन्न भएको छ ।पार्टीका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्दिय कमिटी सदस्य यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नेता बोगटीले नेपाली जनताहरुले बहिष्कार गरिसकेको राजतन्त्र कुनैपनी हालतमा फर्किन नसक्ने बताउनुभएको छ ।
अहिले केही मण्डलेहरु राजा ल्याउने बहानामा उदण्डता मच्चाई रहेको भन्दै उहाले राजा आउने कुरा कल्पना समेत गर्न नसकिने बताउनुभयो । राजा फर्काउने बहानामा लुट गर्नेहरुबाट मुलुुक समृद्धिको कल्पना गर्न नसकिने भएकाले यस्ता अराजकहरुले यो मुलुकमा हत्या हिंसा बाहेक अरु केही पनी गर्न नसक्ने नेता बोगटीको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं अछाम क्षेत्र न १ का ईन्चार्ज कमल तिमिल्सैनाले राजावादीहरुले राजा ल्याउने बहानामा मुलुकमा अशान्ती ल्याउने काम गरिरहेको आरोप लगाउनु भएको छ । चैत्र १५ गते काठमाण्डौमा भएको राजावादीहरुको आन्दोलनले नेपाली जनतामा निराशा छाएको बताउनुभयो । राजा ज्ञानेन्द्रको यस्तै गतिविधि रहने हो भने नेपाल बाट लखेटिनुपर्ने अवस्था आउन सक्ने भन्दै टाउको उठाउने काम नगर्न पुर्व राजा शाहलाई चेतावनी दिनुभएको छ ।
नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य भैरे कामीले यो मुलुकमा रहेको तानाशाही राजतन्त्रको अन्त्यगरि नयाँ संविधान जारी भईसकेको यो अवस्थामा पुर्व राजाले फेरि टाउको उठाउन थालेकाले यसतर्फ गणतन्त्रवादीहरु एकठाउमा आउनुपर्ने बताउनुभयो । नेपाली जनताको रगत र पसिना मिसिएको यो व्यवस्थाका विरुद्ध आवाज उठ्न थालेकाले यो कुरा नेपाली जनतालाई मान्य नहुने बताउनुभयो । राजाको साशन हुदा यो देशका दलित दाजुभाईहरुले अमानविय व्यवहार सहनुपरेको भन्दै त्यसको एक उदाहरण आफुपनी भएको नेता कामीको भनाई थियो ।
जनसभा कार्यक्रममा बोल्दै नेकपा एमालेका पुर्व प्रदेश कमीटी सदस्य एंव मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले चैत्र १५ गते काठमाण्डौमा भएको राजावादीहरुको आन्दोलन, आन्दोलन नभई त्यो लुट मच्चाउनेहरुको भिड मात्रै भएको आरोप लगाउनुभएको छ । राजा हुदा नेपाली जनताहरु रैथी भएर बाचेको स्मरण गर्दै नेता बोहराले राजा ल्याउछु भन्नु नेपाली जनता माथि कुठाराघात गर्नु भएकाले यस्ता गलत कृयाकलापको पछाडी नलाग्न आग्रह गर्नुभएको छ । नेपाली जनतालाई राजा नचाहीएको भन्दै नेता बोहराले गणतन्त्रवादीहरु एकभई राजावादीक विरुद्ध लड्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमको समापन गर्दै पार्टी अध्यक्ष चन्द्र बहादुर बोहराले नेपाली जताले फाली सकेको राजतन्त्र फर्काउछु भन्ने दिवा सपना नदेख्न राजावदीहरुलाई चेतावनी दिनुभएको छ । आज विभिन्न बाहानमा यो व्यवस्थालाई कमजोर पार्ने खेलहरु भईरहेकाले यस्ता अराजक तत्वका विरुद्ध आम नेपाली जनता एक हुनुपर्ने बेला आईसकेको बताउनुभयो । जनताले रगत संग साटेर ल्याएको व्यवस्था भएकाले यो व्यवस्था कुनैपनी हालतमा कमजोर नहुने अध्यक्ष बोहरोको भनाई छ ।
कार्यक्रममा एमाले प्रदेश कमीटी सदस्य भिम जनाला, केन्द्रिय कमीटी सल्लाहकार सदस्य टीका नाथ, प्रदेश कम्ीटी सदस्य अमर विक, अनेरास्वीयु अछामका जिल्ला अध्यक्ष प्रेम देवकोटा, महिला संघका अध्यक्ष भावना केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।पार्टीका जिल्ला उपाध्यक्ष बल बहादुर कुवँरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन जिल्ला कमीटी सचिव भिम बहादुर रावलले गर्नुभएको थियो । एमाले पार्टी कार्यालय बाट सुरुभएको ¥यालि मंगलसेन बजार परिक्रमा गर्दै वडा न ५ को प्रांगणमा सभामा परिणत भएको थियो ।















Discussion about this post