बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका – ३ धुर्तोलाका ८ वर्षीय विजय रावतलाई आइतबार बेलुकी सात बजेतिर चितुवाले घरको आँगनबाट आक्रमण गरी लगेको थियो ।
घरको आँगनमा रहेको पानी धारामा गएको समयमा चितुवाले बिजयलाई आक्रमण गरेको देखेपछि स्थानीयले हल्ला खल्ला गरेका थिए । चितुवाले एउटा खुट्टा खाएको अवस्थामा करिब १५० मिटर टाढा बालक विजयको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिपकुमार गिरीले बताए ।
सोमबार बिहान मुचुल्का बनाइ शव पोष्टमर्टमका लागि अस्पताल ल्याउनका लागि खटिएका डिएसपी गिरीले बताए । चितुवाको आक्रमणबाट मृत्यु भएका विजय स्थानीय दिल्लीबहादुर रावतको छोरा रहेको डिएसपी गिरीले बताए ।













Discussion about this post