सबै सँग सहकार्य गर्दै अगाडि बढ्ने छु : सिडिओ सारु

12
SHARES
64
VIEWS

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जिल्लाको शान्ति सुरक्षाका लागि सबैसंग सहकार्य गरेर काम गर्ने बताएका छन । आईतबार जिल्ला प्रशासन कार्यालय अछाममा भएको पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सारुले यस्तो बताएका हुन ।

भर्खरै मात्र अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर अछाम पुगेका सारुले जिल्लाबा शान्ति सुरक्षा र विकास निमाणका कामहरुलाई समयै सम्पन्न गर्नका लागि सम्बन्धित निकायलाई ताकेता गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

सह–सचिव सारुले आफ्नो कार्यकालमा अछामी जनताले महसुस गर्ने गरि काम गर्ने बताउँदै आफुले सम्पादन गर्ने काममा सबैको सकारात्मक सुझावको अपेक्षा गरेको समेत बताए । जिल्लामा बजार अनुगमनका साथै अनधिकृत रुपमा जिल्लामा भइरहेको लागु औषध विक्रिवितरण लाइ नियन्त्रण गर्न आफुले काम गर्ने सारुको भनाई छ ।

पछिल्लो समय अछाम जिल्लामा युवाहरु कुलतमा लागेको तर्फ पत्रकारहरुले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी सारुले यो गैर कानुनी कामलाइ नियन्त्रण गर्न काम सुरु गर्ने र यसका लागी सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा समेत उहाँले गर्नुभयो ।

अछाम जिल्लामा प्रक्रिया भन्दा बाहिर रहेर अधिकांस सवारी साधनहरु सञ्चालनमा रहेको भन्दै यसको नियमनका लागि पहल गर्ने सारुको भनाई छ । जिल्लामा सञ्चालित गौरवका आयोजनाहरुको काममा निगरानी गर्ने बताउँदै उहाँले सबै तहको सरकारसंग सहकार्य गर्ने बताए ।फरक खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार