टेक बहादुर थापा ।नन्देश्वर शिवालय क्षेत्र विकास समिति मंगलसेन ३ को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । समितिका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतमा सम्पन्न बैठकले २०८२ सालको बैशाख १७ गते देखी २७ गते सम्म ११ दिन मंगलसेन ३ कुटी शिवालय शिव पुराण लगाउने लगायतका निर्णय गरेको छ ।
शिव पुराणको आवश्यक तयारीका लागि संयोजक बिष्टको संयोजकत्वमा ३ सय ५१ जनाको शिवपुराण मुल आयोजक समिति समेत गठन गरिएको छ । यस्तै बृकेश सिंह बोगटीको संयोजकत्वमा १९ जनाको आर्थिक उप समिति नगर प्रमुख पदम बहादुर बोहराको संयोजकत्वमा सल्लाहाकार तथा समन्वय समिति, महाराज श्री धर्मानन्दको संयोजकत्वमा ११ जनाको पुराण पूजा उपसमिति गठन गरिएको छ ।
यसै गरि पदम सिंह भाटको संयोजकत्वमा ९ जनाको अतिथि स्वागत तथा व्यवस्थापन उपसमिति, मिन बहादुर बिष्टको संयोजकत्वमा २३ जनाको भौतिक निर्माण समिति र महा सिंह बोगटीको संयोजकत्वमा ५ जनाको प्रसाद तथा भोजन व्यवस्थापन उप समिति गठन गरिएको छ ।
बैठकमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, पुर्व जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो । बृकेश सिंह बोगटीको स्वागत मन्तव्य बाट सुरुभएको बैठकको संचालन सचिव कर्ण बहादुर धामीले गर्नुभएको एकेन्द्र बहादुर बोगटीले जानकारी दिनुभएको छ ।













Discussion about this post