निराजन भण्डारी । नेपाल पत्रकार महासंघ अछामले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गर्ने भएको छ । दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाण्डौको तीन कुने क्षेत्रमा भएको पूर्वराजाका समर्थकले पत्रकारको हत्या तथा सञ्चारगृहमा आगजनी गरेको भन्दै यसको विरुद्ध आज नेपाल पत्रकार महासंघ अछामले मंगलसेनमा विरोध सभा गर्न लागेको महासंघका बरिष्ठ उपाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभएको छ ।
आज शनिबार दिउसो १ बजे मंगलसेन खुलामञ्चमा विरोध सभा गरिने भएको छ । पूर्वराजाका समर्थकले काठमाण्डौको तीन कुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी गर्दा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको ज्यान गएको थियो ।
एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । उक्त कार्यक्रममा सहभागिताका लागि पत्रकार महासंघ अछामले सबै सरोकारवालालाई आग्रह समेत गरेको छ ।













Discussion about this post