अछामको कमलबजार नगरपालिका ५ स्थित पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन गरिरहेको पीके निर्माण सेवा प्रा.लिले काम रोकेको छ ।अवैध रूपमा डोजर प्रयोग गरी कानुनविपरित वन विनास गरेको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकेको हो । विगत केही समयदेखि पीके निर्माण सेवा प्रा.लिले पाँचुली जंगलमा अवैध तरिकाले गिट्टी उत्खनन गरिरहेको थियो । अहिले अछाम जिल्ला अन्तर्गत गैरिटाड देखि बासकाँडासम्म सडक कालोपत्रे भइरहेको छ । यस प्रकारको विकासको कामलाई सहर्ष समर्थन गरेको तर विकासको नाममा विनास स्वीकार गर्न नसकिने स्थानीय अगुवा जीवन तिमिल्सैनाले बताउनुभयो ।
स्थानीय सरकार सँग समुन्वय नगरी कम्पनीले अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन सहित जंगल फडानी गरेको कमलबजार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले बताउनुभएको छ । स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला वन कार्यालय अछामलाई तत्काल उक्त ठाउँमा अनुगमन गर्न पनि माग गरेका छन् । यता गिट्टी तथा ढुङ्गा उत्खनन गरिरहेको निर्माण सेवा प्रा.लिले भने सुरुमा सामुदायीक वन उपोभोक्ता समितिसँग सहमतिमा काम अगाडी बढाएको बताएको छ ।
पहिला समितमा सहमति भएको र अहिले केहीले विरोध गरेपछि काम रोकिएको प्रा.लिका लेखापाल सुरेश पुनले बताएका छन् । अहिले केही स्थानीय तहले ठेकेदार कम्पनी मार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरेका छन् ।













Discussion about this post