अछाममा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक जना घाईते ।।

16
SHARES
87
VIEWS

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित खाद्य मोड नजिकै मध्य पहाडी लोकमार्गमा मंगलबार साँझ मोटरसाईकल दुर्घटना भएको छ।

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ठुलासेनबाट मंगलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मोटरसाईकल चालक मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीका २० वर्षीय जीवन थापाको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलको पछाडि सवार सोही ठाउँका १७ वर्षिय चेतन थापा घाईते भएका छन्। उनको दायाँ हातमा गम्भीर चोट लागेको छ भने उनलाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पठाईएको जनाईएको छ । मृतक जीवन अछाम बहुमुखी क्याम्पसमा कक्षा ११ अध्ययनरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार