टेक बहादुर थापा । पालिकालाई छाउपडी गोठमुक्त पालिका घोषण गर्नका लागि अछामको ढकारी गाउँपालिकामा पालिका स्तरिय कार्यन्वयन समिति गठन गरिएको छ । पालिकामा छाउपडी प्रथा मान्य प्रचलन कायमै रहेको र अधिकांश वडामा अहिले पनि छाउगोेठहरु देखिएकाले त्यी छाउगोठहरु भत्काउने र संगै सचेतनाका कार्यक्रम संचालन गर्ने उदेश्यले समिति गठन गरिएको हो । गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीको संयोजकत्वमा कार्यन्वयन समिति गठन गरिएको पालिकाले जनाएको छ ।
उक्त कार्यन्वयन समितिमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सबै शाखाका प्रमुखहरु, स्थानीय प्रहरी प्रमुख, विभिन्न गैरसरकारी संस्थाका प्रमुखहरु, महिला संजाल अध्यक्ष सदस्य रहने गरि समिति गठन गरिएको उपाध्यक्ष शाहीले बताउनुभयो । सोमबार पालिकाले आयोजना गरेको मर्यादित महिनावारीका लागी छाउगोठ मुक्त अभियान कार्यक्रम अन्र्तगत समिति गठन गर्ने र सरोकारवालाको प्रतिबद्धता लिने काम समेत भएको बताईएको छ । गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष साउदले अब चाडै पालिकालाई छाउगोठ मुक्त पालिका घोषण गर्नका लागि छाउगोठ भत्काउने र सचेतनामुलक कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आफु अन्य कामका लागि पालिकाका वडा तथा टोल स्तरमा जादा अहिले पनि छाउगोठहरु देखीने गरेको र केही घर परिवारले निकै जोखीमपूर्ण ठाउमा महिलाहरुलाई राख्ने गरेको बताउनुभयो । यस्ता कुरितिका विरुद्ध आफु विगत देखी नै सहभागि हुदै आएको बताउदै अध्यक्ष साउदले यस्ता कुप्रथा न्युनिकरणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
ढकारी गाउँपालिकालाई छाउगोठ मुक्त पालिका मात्र नभई बालविवाह मुक्त पालिका घोषण गर्ने तयारी पनी अघि बढेको बताउनुभयो । बालविवाहले धेरै ठुला समस्याहरु ल्याएको भन्दै अध्यक्ष साउदले पालिकामा रहेको सृजनशिल बालक्लव संगको सहकार्यमा यो अभियानलाई तिब्रता दिईएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तथा कार्यन्वयन समितिका संयोजक नेत्रकला देवी शाहीले पालिकालाई छाउगोठ मुक्त पालिका घोषण गर्न पालिकामा रहेका सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । अभियान सफल पार्न स्थानीय नागरिकहरुले साथ दिनुपर्ने उपाध्यक्ष शाहीको भनाई छ । समुदायमा रहेका अगुवाहरुको घरमा पनी छाउगोठहरु देखिएकाले जतिसक्दो चाडो आफ्नो घर र समुदायमा रहेका छाउगोठ आफै भत्काउन आग्रह गर्नुभएको छ ।
यो अभियानलाई सफल पार्नका लागि सहजिकरणको भूमिका खेलीरहेको संस्था समविकास नेपालका संस्थापक एवं महिला अधिकारर्मी पशुपति कुवँरले यो हामी सबैको साझा सवाल भएकाले यसलाई सोही ढंगले लिन सरोकारवालालाई आग्रह गर्नुभएको छ । आज समुदायमा जादा छाउपडी प्रथाका बारेमा खुलेर बोल्न नसक्ने अगुवाहरु पनी हाम्रै समुदायमा रहेको भन्दै कुवँरले पुन एक पटक यो अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्ने बताउनभुयो । सामाजिक रुपमान्तरणका क्षेत्रमा स्थानीय सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन गर्नुपर्ने बताउदै अधिकारकर्मी कुवँरले महिला सशिक्तकरणका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।
ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख एवं प्रहरी निरिक्षक हर्ष बहादुर चन्द ले यो अभियनालाई सफल पार्न प्रहरी विगत देखिनै लागीपरेको बताउनुभएको छ । अछाम जिल्लामा संचालन भएका हरेक सामाजिक अभियानमा प्रहरीको सकृय सहभागिता रहेकाले ढकारी गाउँपालिकाले संचालन गर्ने अभियानमा यो पटक पनि साथ दिने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा वडा न २ का अध्यक्ष चन्द्र बहादुर साउद, पत्रकार महासंघ अछामका बरिष्ठ उपाध्यक्ष टेक बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन न्यायिक समितिका उजुरी प्रशासक कृष्ण प्रसाद देवकोटाले गर्नुभएको थियो । जिल्लालाई नै छाउगोठमुक्त पालिका घोषण गर्नका लागि ५ वटा पालिकामा पालिका स्तरका कार्यन्वयन समिति गठन भईसकेका छन भने अब पंचदेवल विनायक नगरपालिका, साफेबगर नगरपालिका, तुर्माखाद गाउँपालिका, रामरोशन गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा कार्यन्वयन समिति गठन गर्न बाकी रहेको समविकास नेपालका फिल्ड संयोजक पवन गिरीले जानकारी दिनुभएको छ ।
पालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा वडा न १ का अध्यक्ष उमा बहादुर बुढा, वडा न ३ का अध्यक्ष चन्द्र बहादुर बुढा,वडा न ४ का अध्यक्ष पहलवान थापा, वडा न ६ का अध्यक्ष प्रकाश बहादुर थापा लगायत कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको सहभागिता रहेको समविकास नेपालका हमेशा कुवँरले जानकारी दिनुभएको छ । जिल्लाका अन्य पालिकाहरुमा गठन भएका कार्यन्वयन समितिले आफ्ना कार्यलाई निरन्तरता दिईसकेका छन ।
















Discussion about this post