निराजन भण्डारी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मंगलसेन अछामले बिमा क्षतिपुर्ती बापतको रकम हस्तान्तरण गरेको छ ।
गत मंसिरमा निधन भएका मंगलसेन नगरपालिका वडा नम्बर ५ भाटबाडा निवासी नन्दे भाटको परिवारलाई आज बिमा बापतको क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका शाखा प्रमुख मनु अर्यालले क्षतिपूर्ति बापतकाे १ लाख,काजक्रिया खर्च स्वरुप ३० हजार गरी १ लाख ३० हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको हाे ।
शाखा प्रमुख मनु अर्याल तथा फिल्ड कर्मचारी टंक प्रसाद भण्डारी सहित समूह सदस्यहरूको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको थियो।
बीमा क्षतिपूर्ति रकम हस्तान्तरण गर्दै शाखा प्रमुख अर्यालले संस्थामा आवद्द सदस्यलाई समस्या परेका बेला संस्थाले राहतको हात अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
निर्धन उत्थान लघुवित्तले कर्जा लगानी गरेका सदस्यहरूको श्रीमान् वा सदस्यको निधन भएमा बीमा सुविधा प्रदान गर्दै आएको छ।
साथै, संस्थाले सुत्केरी स्याहार भत्ता, बाढी पहिरो राहत,दीर्घरोग सहायता जस्ता गैर-वित्तीय सेवामार्फत सदस्यलाई सहयोग पुर्याउँदै आएको छ। मंगलसेन शाखा कार्यालयबाट मात्र पनि सयौं सदस्यले यस्ता सेवाहरू पाइसकेका छन् ।













Discussion about this post