नसर्ने रोग पहिचानको लागि तुर्माखाँदमा एक महिने अभियान सुरु

7
SHARES
37
VIEWS

निराजन भण्डारी । अछाम जिल्लाकाे तुर्माखाँद गाउँपालिकामा नसर्ने रोग पहिचानको लागि एक महिने अभियानकाे शुभारम्भ गरिएको छ ।

पालिकाकाे स्वास्थ्य शाखाकाे आर्थिक सहयाेग र धमाली स्वास्थ्य चाैकीकाे प्राविधिक सहयोगमा मंगलबारबाट अभियानकाे शुभारम्भ गरिएको हाे ।

समयमै नसर्ने रागको जाँच गराऔं,स्वास्थ्य र दिर्घ जीवन बचाऔं” भन्ने मुल नाराका साथ एक महिने विशेष अभियानकाे वडा नम्बर ८ धमालीका वडा अध्यक्ष निरक बहादुर शाहीले शुभारम्भ गर्नुभएको छ।

अभियानकाे शुभारम्भ कार्यक्रममा बाेल्दै वडा अध्यक्ष शाहीले नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आम नागरिकलाई आग्रह गर्नुभएकाे छ ।

साथै उहाँले याे अभियानबाट नसर्ने रोगहरूबारे आम जनतामा जनचेतना वृद्धि हुनुका साथै उनीहरूलाई उपचार प्रणालीमा जोड्न मद्दत पुग्ने बताउनुभयो ।

एक महिने अभियान पालिकाका ८ वटै वडामा सञ्चालन गरिने तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बहादुर बयकले जानकारी दिनुभयो ।

एक महिने अभियानमा निशुल्क रूपमा मधुमेह रगतमा चिनीको मात्रा परीक्षण,रक्तचाप ब्लड प्रेसर मापन,मिर्गौला सम्बन्धी रोगको जाँच,उचाइ र तौलको आधारमा बिएमआइ मापन लगायतका राेगकाे चेकजाँच गरिने स्वास्थ्य शाखा प्रमुख बयकले बताउनुभयो ।

मंगलबार पहिलो दिन महिला र पुरुष गरी ७० जना नागरिकले विभिन्न राेगकाे चेकजाँच गराएका स्वास्थ्यकर्मी तथा धमालीका वडा सचिव शान्ति बिकले जानकारी दिनुभयाे ।

विकका अनुसार आज स्वास्थ्य परिक्षण गराएका मध्ये ५ जना सुगर र ३ जना ब्लड प्रेसरका बिरामीकाे पहिचान भएकाे छ ।

एक महिने अभियानकाे शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि,विभिन्न राजनीति दलका प्रमुख एबम प्रतिनिधि
स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार