अछाममा करेन्ट लागेर १ किशोरीको मृत्यु

9
SHARES
48
VIEWS

अछामको बान्नीगढीमा करेन्ट लागेर १ किशोरीको मृत्यु भएको छ । सोमबार बेलुकी बान्निगढी जयगढ गाउँपालिका ६ दर्ना चन्डालीकी १८ बर्षिय सुनिता कडायतको घर देखि करिव ८०० मिटरको दुरीमा रहेको बाजो खरबारीबाट बाख्रा चराई घर तर्फ आउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

राष्ट्रिय प्रसारण लाइनको बिजुलीको पोलमा रहेका ३ ओटा तारमध्ये बिचको तार इन्सुलेटरबाट छुट्न गइ पोलमै रहेको अर्को फलामको तार अड्काउने क्रस आर्ममा छोइएकोले पोलमा करेन्ट प्रवाह हुदाँ उहाँको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। मृतक किशोरी सोही ठाउँको ऐश्वर्य माध्यमिक बिधालयमा कक्षा ११ मा अध्ययनरत रहेकी थिइन।निराकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार