चक्र जनाला : जिल्ला कारागार अछाममा क्षय कुष्ठ रोग तथा एच आई भि को जाँच पड्ताल शिविर सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा सोमबार सञ्चालन गरिएको शिविरमा कारागारको बन्दी गृहमा रहेका कैदिबन्दी हरुको स्वस्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
उक्त शिविर बाट ६१ जना कैदिको स्वस्थ्य परिक्षण गरिएको कार्यालयले जनाएको छ । जसमा ५८ जना पुरुष र ३ महिलाको स्वस्थ्य परिक्षण गरिएको जिल्ला कारागार कार्यालय अछामका सुचना अधिकारी शिव बन ले जानकारी दिनुभएको छ ।













Discussion about this post