नेपाल कम्युनिस्ट पार्टी अछामका नेता तिलक सी बिकास´रिहा भएका छन।जिल्लाको कालागाउँबाट ४ दिन अघि पक्राउ परेका सि आज रिहा भएका हुन् ।
स्ववियु निर्वाचनको क्रममा केैलास बहुमुखी क्याम्पस कालागाउँमा पुगेका उहाँलाई नेपाल कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिबन्धको बेला राज्यद्वारा लगाइएका राजनीति मुद्दाहरुको आधारमा पक्राउ गरिएको बताइएको थियो।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुदे सहमति अनुसार मुद्दाहरुको खारेजी र बन्दीहरुको रिहाई गर्ने भनि लिखित सहमति भएको भएपनि अझै देशका विभिन्न ठाँउमा नेकपा सम्बद्ध नेताकार्यकर्ताहरु विरुद्ध लगाइएका मुद्दा खारेज प्रक्रिया पुरा भएको छैन भने १ दर्जन बढी कार्यकर्ताहरु जेल हिरासतमा रहेको देखिन्छ ।
Discussion about this post