बस्तीमा स्वास्थ्य शिविर सम्पन्न ,२ सय ५० जनाले सेवा लिए

10
SHARES
57
VIEWS

अछामको मंगलसेन नगरपालिका वडा न १३ मा एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । विकट वडाका नागरिकहरुलाई वडा तहमै गएर सेवा दिने उदेश्यले आयोजना गरिएको स्वास्थ्य शिविरमा २ सय ५० जनाले सेवा लिएका छन ।

जस अन्तर्गत १ सय ३८ जनाको आखा जाच, २२ जनाको मोतीविन्दु पहिचान, ८ जना गर्भवती महिलाको महिलाको भिडियो एक्सरे गरिएको छ । शिविरमा ५८ जना महिलाको पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको छ भने २ जना संकास्पद विरामी भेटएिको मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष हिम्मत बहादुर बोगटीको अध्यक्षतामा भएको शिविर उदघाटन कार्यक्रममा वडा न ३ का अध्इष तथा कार्यवाह नगर प्रमुख बृख बहादुर बोगटी, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, विशेषज्ञ डाक्टर जुनु लावती, डाक्टर अधिराज आचार्य, जिल्ला अस्पताल अछामका नर्सिङ प्रमुख गंगा बुढामगर, मंगलसेन स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक चन्द्र प्रसाद ढुंगाना, जिल्ला स्वास्थ्य कार्यालयका टिका शर्मा, सुशीला ढुंगाना, ज्ञानु माझी, आखा उपचार केन्द्रका नवीन चलाउने लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार