निराजन भण्डारी । अछाममा माध्यामिक शिक्षा परिक्षा एसईईको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ अछामले जनाएको छ । चैत्र ७ अर्थात भोली बिहिबारबाट हुने परिक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
जिल्लामा रहेका २६ वटा परीक्षा केन्द्र अनुसार ढकारी गाउँपालिकामा २, तुर्माखाँद गाउँपालिकामा ३,कमलबजार नगरपालिकामा २,पञ्चदेवल विनायक नगरपालिकामा २, मंगलसेन नगरपालिकामा ६,रामारोशन गाउँपालिकामा २,बान्नीगढी जयगढ गाउँपालिकामा १, साँफेबगर नगरपालिकामा ५,मेल्लेख गाउँपालिकामा २ र चौरपाटी गाउँपालिकामा १ वटा परीक्षा केन्द्र रहेका शिक्षा विकास तथा समन्वय ईकाइ अछामले जनाएको छ ।
जस अन्तरगत नियमितमा साधारण तर्फ ४ हजार १ सय १९, प्राविधिक धार तर्फ १ सय ८२ गरी ४ हजार ३ सय १ र ग्रेडबृद्धिमा ७ सय २८ गरी कुल ५ हजार २९ परीक्षार्थी रहेका छन् । ग्रेडबृद्धिमा ७२८ मध्ये २०७८ र २०७९ सालको नियमित परीक्षामा सहभागि भई २०८१ सालको ग्रेडबृद्धि परीक्षामा सहभागि हुने २९ जना परीक्षार्थीको परीक्षा केन्द्र षोडशा माध्यमिक विद्यालय (ख) केन्द्र निर्धारण गरिएको छ । यस्तै प्राविधिक धार तर्फका ६ वटै विद्यालयका सम्पूर्ण परीक्षार्थीको परीक्षा केन्द्र अछाम बहुमखी क्याम्पस मंगलसेन अछाममा रहेको छ । परिक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन रहने छ ।
बिहिबारबाट हुने परिक्षाको लागि तोकिएका केन्दध्क्षहरुले पनि आ—आफनो तर्फबाट परिक्षालाई पर्यादित बनाउने बताएका छन ।जिल्लाको मंगलसेनमा रहेको षोड्शा मावि परिक्षा केन्द्रका केन्द्राध्यक्ष बृकेष सिं बोगटीले परिक्षालाई मर्यादित बनाउन सम्पुर्ण तयारी पुरा भएको बताउदै बिद्यार्थीहरुलाई ढुक्क भएर परिक्षा केन्द्रमा उपस्थित भइ परिक्षा दिन आग्रह गर्नुभयो ।
यस्तै जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर २ मा रहेको कालिका माध्यामिक विद्यालय परिक्षा केन्द्र हिच्माका केन्द्राध्यक्ष बिशाखर देवकोटाले परिक्षालाई मर्यादित तथा शान्ति पुर्ण वाताबरणमा सम्पन्न गराउने गरी तयारी भएको बताउँदै विद्यार्थीलाई परिक्षामा आवश्यक पर्ने सामाग्री सहित परिक्षामा ढुक्क भएर सामेल हुन अनुरोध गर्नुभएको छ ।
Discussion about this post