चन्दा असुली मुद्दाका फरार दोषी बिष्टलाइ कारागार चलान ।।

31
SHARES
170
VIEWS

अछाममा चन्दा असुली मुद्दाका फरार दोषी नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य एवम् केन्द्रीय प्रतिनिधि समिति सदस्य तिलक बिष्टलाइ कारागार चलान गरिएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–८ धमाली बस्ने ३३ वर्षीय  बिष्टलाइ कारागार चलान गरिएको हो ।

जिल्ला अदालत अछामबाट २०७७।१०।२४ गते राज्य विरुद्धको कसुर र चन्दा असुली मुद्दामा १ महिना १० दिन कैद र ५०० जरिबाना तोकिएका तर फरार रहेका बिष्टलाइ सोमवार प्रहरीले पक्राउ गरेको थियो  ।

उनलाइ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलिले जिल्लाको मंगलसेन नगरपालिका–१४ बाट नियन्त्रणमा लिइ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार