गिरफ्तार नेता विष्टलाई अबिलम्ब रिहा गर्न माग

14
SHARES
78
VIEWS

नेपाल कम्युनिस्ट पार्टी अछामले आज पक्राउ परेका जिल्ला नेता तिलक विष्ट ञबिकासझलाई तत्काल रिहा गर्न माग गरेको छ। सोमबार नेकपा अछामले एक प्रेस वक्तव्य जारी गर्दै तत्काल रिहा गर्न माग गरेको हो।

नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य समेत रहेका विष्टलाई कैलाश बहुमुखी क्याम्पस कालागाउँबाट स्ववियु विशेष क्षलफलका क्रममा जिल्ला प्रहरी कार्यालय अछामको टोलीले नियन्त्रणमा लिएको थियो।

नेकपा जिल्ला इन्चार्ज मिना सी र सचिव निरक सीद्वारा निकालिएको प्रेस वक्तव्यमा तत्काल रिहा नगरे जस्तो सुकै सङ्घर्षमा जाने उल्लेख गरिएको छ।

बिज्ञप्तिमा “पछिल्लो समय नेकपाको विचार, नेतृत्व र काम कारबाहीप्रति जनताको र खासगरी उज्यालो भविष्य खोजिरहेका नौजवान नेपाली युवाको बढ्दो आकर्षणलाई विकेन्द्रित गरी आफ्नो कथित लुटको स्वर्ग जोगाउन राज्यशक्तिको दुरुपयोग गरी सरकारले तीन बुदे सहमतिको मर्म र भावना विपरित आफूलाई दर्ज गरेको” बताइएको छ।

त्यस्तै ” हाम्रो जनप्रीय पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य एवम तुर्माखाँद गाउँपालिका इन्चार्ज तिलक सीलाई वर्तमान सरकारको प्रहरी प्रशासनले मंगलसेन नगरपालिका १४ कालागाँउस्थित कैलाश बहुमुखी क्याम्पसले स्ववियु विशेष छलफलका लागि बोलाएको सर्वदलिय बैठकमा पार्टीको तर्फबाट प्रतिनिधिको रूपमा गएको अवस्थामा क्याम्पसको प्राङ्गणभित्रबाट षड्यन्त्रपूर्वक तथा गुण्डागर्दी शैलीमा गरिएको गिरफ्तारीप्रति हाम्रो पाटीको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त गिरफ्तारीको हाम्रो पार्टी घोर भर्त्सना र निन्दा गर्दछ। हाम्रो पार्टी सरकारलाई तत्काल तीनबुँदे सहमति पूर्णरूपमा कार्यान्वयन गर्न र गिरफ्तार क। तिलक सीलाई यथाशीघ्र रिहाई गर्न जोडदार माग गर्दछ। अन्यथा जस्तोसुकै संघर्षमा जान बाध्यहुनेछौ” जारी बिज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार