नेकपा अछामका नेता तिलक बिष्ट पक्राउ

30
SHARES
168
VIEWS

नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य एवम् केन्द्रीय प्रतिनिधि समिति सदस्य तिलक सी` बिकास´लाई प्रहरीले पक्राउ गरेको छ।जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँबाट उनलाई आज दिउँसो पक्राउ गरि सदरमुकाम मङ्गलसेनतर्फ लिएको जिल्ला सेक्रेटरी निरक सीले जानकारी दिएका छन् ।

तत्कालीन ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको बेला लगाइएको राजनीतिक आस्थाका मुद्दाअनुसार उनलाई पक्राउ गरिएको हुनसक्ने सेक्रेटरी निरकले बताए ।

उनका अनुसार सरकारले तीन बुदे सहमतिको कार्यान्वयन गरेर मुलुकमा शान्तिपूर्ण बाताबरण बनाउनु पर्नेमा उल्टै सहमतिको उल्लंघन गरेर गैरजिम्मेवार चरित्र प्रदर्शन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार