अछाम कांग्रेसद्वारा सिडिओको ध्यानाकर्षण

24
SHARES
136
VIEWS

नेपाली काँग्रेस अछामले जनतासंग प्रत्यक्ष सरोकार रहेका जिल्लाका समसामयिक विषय बस्तुका बारेमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ।

सोमबार नेपाली कांग्रेस अछाम सह-सचिव दिनेश कुमार स्वारको नेतृत्व गएको टोलिले अछाम प्रमुख जिल्ला अधिकारी शिव प्रशाद लम्साललाई ७ बुदे ध्यानाकर्षण पत्र दिएको छ।

अछाम जिल्लाका विकाश निर्माणमा भैइरहेका ढिला सुस्तीको विषयमा तत्काल निर्माण कम्पनीलाई बोलाई छलफल गर्नुपर्ने चैत्र २ गते आएको हावाहुरीले अछाम दरवारमा क्षेती भएकोहुदा तत्काल मर्मत गरी यसको संग्ररक्षणमा ध्यान दिनु पर्ने,लागु औषध ओसार प्रसार तथा यसको प्रयोग कर्ताको अनुसन्धान गरि नियन्त्रण गर्नु पर्ने ध्यानाकर्षण पत्र बुझाएको छ।

यस्तै अछामबाट बाहिर जिल्ला जाने र जिल्ला भित्र चलिरहेका यातायातको भाडादरबारे,अछामका स्थानिय बजारमा मनलागी चर्को मुल्य र म्याद नागेका सामानको प्रयोगले जनजिवनमा पारेको असरको बारेमा बजार अनुगमन मूल्य नियन्त्रण गर्नुपर्ने ध्यानाकर्षण , अछाम जिल्लाका बजारमा अव्यावस्थीत सवारी साधन पार्किडग निर्माण सामांग्रीलाई ब्यावस्थापन गर्नुपर्ने ध्यानाकर्षण पत्र बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार