निराजन भण्डारी । कैलाश बहुमुखी क्याम्पस कालागाउकाे स्ववियु निर्वाचनकाे बिषयलाई लिएर छरिएको भ्रमप्रति अनेरास्ववियु अछामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्ववियू निर्वाचन कार्यतालिका अनुसार अनेरास्ववियु र नेविसंघका उम्मेदवार बिजय भएको तर समाजवादी मोर्चामा आवद्ध विद्यार्थी संगठनले यस बिषयलाई लिएर छरेकाे भ्रमप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।
कैलाश बहुमुखी क्याम्पस कालागाँउमा स्ववियु निर्वाचन समितिले चैत्र १ गते दिउँसो साढे ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।
सो समय भित्र अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलले मात्र मनोनयन दर्ता गराएको तर समाजवादी मोर्चामा आवद्ध विद्यार्थी संगठनले मनोनयन दर्ता नगराएपछि निर्वाचन समितिले अनेरास्ववियु र नेविसंघको प्यानल बिजय भएको घाेषणा गरेकाे थियोे ।
अनेरास्ववियु अछामका अध्यक्ष प्रेम देवकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा समाजवादी मोर्चामा आवद्ध विद्यार्थी संगठनले आफु पराजित हुने निश्चित देखेपछि अनेकौं बहानामा निर्वाचनलाई प्रभावित पार्न खोजेको उल्लेख गरिएको छ ।
समाजवादी मोर्चामा आवद्ध विद्यार्थी संगठनले छरिरहेकाे भ्रममा नपर्न सम्पुर्ण विद्यार्थी र आम समुदायलाई अध्यक्ष देवकोटाले आग्रह पनि गर्नुभएको छ ।













Discussion about this post