निराजन भण्डारी । स्ववियु निर्वाचनका लागि अछाम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले सभापतिको उम्मेदवार घोषणा गरेको छ ।जिल्लाको सदरमुकाममा अवस्थित अछाम बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघले विद्यार्थी नेता गणेश अधिकारीलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको हो ।
अधिकारी नेपाल विद्यार्थी सङ्घ अछाम बहुमुखी क्याम्पसका इकाई सभापति हुनुहुन्छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी नेविसंघले अछाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अधिकारीको नाम सार्वजनिक गरेको हो ।
शिक्षामा भएका विकृतिको अन्त्य तथा समयानुकूल प्राविधिक शिक्षा सञ्चालन र विद्यार्थीको हकहितका लागि नेविसंघको नेतृत्व आवश्यक रहेको सभापतिका उम्मेदवार अधिकारीले बताउनुभयो ।
अधिकारी सरल स्वभाव र इमानदार छवि बनाएका विद्यार्थी नेता हुन । चैत ५ गते हुने निर्वाचनमा मतदान गरी विजयी गराइदिन मतदातालाई अनुरोध गर्दै अधिकारीले आफु सभापतिमा निर्वाचित भएको खण्डमा विद्यार्थीको हकहितमा काम गर्न प्रतिब्द रहने बताउनुभयो ।
सभापतिका उम्मेदवार अधिकारी चुनावी एजेन्डा हरुः
१. अछाममा अध्ययनरत विद्यार्थीहरु लाई यातायातमा
४५% छुटको लागि पहल गरिने छ।
२. अछाम क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी
साथीहरूलाई उचित छात्रावासको व्यवस्था गरिने छ।
३. अछाम क्याम्पसमा अध्ययनरत गरिब, विपन्न, शारीरिक
रुपमा अशक्त एवम् उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिका
लागि बिशेश पहल गरिने छ।
४. क्याम्पसको समग्र शैक्षिक वातावरण लाई सुधार गर्न
प्रत्येक महिनाको अन्तिम शुक्रबार का दिन क्याम्पस
व्यवस्थापन समितिका पदाधिकारी, स्ववियु का
पदाधिकारी, अभिभावक, प्राध्यापक र विद्यार्थीहरुका
बीचमा सामुहिक छलफल सञ्चालन गरिने छ।
५. समग्र शैक्षिक सुधार र गुणस्तरमा वृद्धि गरिने छ।
६. विद्यार्थी अधिकार र सुविधाहरू सुनिश्चित गरिने छ।
७. अछाम क्याम्पसको समग्र पूर्वाधार विकासमा विशेष
पहल गरिनेछ।
८. विद्यार्थी रोजगारी र करियर अवसर प्रदान गरिने छ ।
९. पारदर्शी एवम् उत्तरदायी विद्यार्थी नेतृत्व स्थापित
गरिनेछ।
१०. पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याइने छ।
११. आधुनिक शिक्षा संगै नैतिक शिक्षाको समेत
परिकल्पना गरिने छ।













Discussion about this post