दुर्गादेबी माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको बिदाई

11
SHARES
61
VIEWS

 

निराजन भण्डारी । मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा अवस्थित दुर्गादेबी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको बिदाई गरिएको छ ।एसईई परीक्षाको तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुको विद्यालय प्रशासनले बुधबार आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेका हो । विद्यालयले टिका ग्रहण सहित मायाको चिनो प्रदान गरेर कक्षा १० का बिद्यार्थीको बिदाई गरेका शिक्षक जगत साउदले जानकारी दिनुभएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर विकको अध्यक्षतामा भएको बिदाई कार्यक्रमको प्रमुख अतिथीमा मेल्लेख गाउँपालिका वडा नम्बर ७ का निर्वतमान वडा अध्यक्ष तथा विद्यालय व्यस्थापन समितीका अध्यक्ष नर बहादुर साउँद रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी साउँदले विद्यार्थीहरुलाई आउदै गरेको एसईई परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना समेत गर्नुभएको छ ।परिक्षा आउन अझै केही दिन बाँकी रहेको बताउँदै साउँदले घरमा पनि राम्रोसँग पठनपाठन गर्न बिद्यार्थीलाई निर्देशन दिनुभएको थियोे ।कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार