निराजन भण्डारी । नेकपा एमाले अछामले मंगलसेन नगरपालिका वडा नम्बर ८ ओलिगाउँ सुतुडामा माटो खन्ने क्रममा ज्यान गुमाएकी देउरुपा बोहरा र विनिता बोहराको दुखत निधनप्रति दुख व्यक्त गरेको छ । एमाले जिल्ला सचिव भिम बहादुर रावलले मंगलबार शोक वक्तव्य जारी गदै मृतक विनिता र देउरुपाप्रति गहिरो श्रदाञ्जली अपर्ण समेत गर्नुभएको हो ।
सोमबार दिउँसो स्थानीय रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा पुरिएर २७ बर्षीय देउरुपा र २३ बर्षीय विनिताको ज्यान गएको थियो ।
चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ज्यान गुमाउन पुगेकी विनिता र देउरुपा जेठानी देउरानी समेत हुन । उनीहरुको आज कैलास खोलामा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक श्राेतले जनाएको छ ।













Discussion about this post