टेक बहादुर थापा अछाम जिल्लामा एकमात्र सुरक्षित आवास गृह (सेफ हाउस) संचालन हुनुपर्ने एक कार्यक्रमका सहभागि सरोकारवालाले बताएका छन । सदरमुकाम मंगलसेनमै दुई वटा सेफ हासउ संचालनमा रहेको तर एउटा पनि व्यवस्थित नभएको भन्दै एक मात्र सेफ हाउस संचालन गरि सेवाग्राहीलाई गुणस्तरिय सेवा दिनुपर्नेमा जोड दिएका हुन ।
मंगलसेन नगरपालिकाले आयोजना गरेको लैंगिकतामा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना पार्ट (टु) अन्तर्गत सरोकारवाला संगको वृहत् अन्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले केही व्यक्तिहरुको चाहानामा सेफहाउस जस्तो संवेदनशील संस्थालाई विवादित बनाउनुु भन्दा पनी यसलाई व्यवस्थित ढंगबाट संचालन गर्नु अहिलेको आवश्यक्ता रहेको बताएका छन ।
सुरक्षित आवास गृह सेफहाउस व्यवस्थित नहुदा नागरिकहरुले पनी दुख्ख पाउने भएकाले यस्तो कुरामा विवाद नगरि समन्वय र सहकार्यको माध्यमबाट संचालन गर्नुपर्ने कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाकाले जोड दिएका थिए । संस्थाको संख्या बढाउनु भन्दा पनि सेवाको गुणस्तर बढाउनुपर्ने बेला सरोकारवाला नै विभाजित भएर सेवाग्राहीलाई समस्यामा पार्न नहुने अधिकांश सरोकारवालाको जोड थियो ।
कार्यक्रममा सहभागिहरुको सुझाव पछी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले सेफ हाउस व्यवस्थित बनाउने कुरामा आफु तयार रहेको बताउनुभएको छ । यही विषयमा छलफल गर्नका लागि स्थानीय तहका जनप्रतिनिधिलाई पटक–पटक पत्राचार गरेपनी बैठकमै नआईदिने समस्या रहेको गुनासो गर्नुभएको छ । जिल्लामा एकमात्र सेफहाउस रहनुपर्ने र त्यसको नेतृत्व जिल्ला प्रशान कार्यालय अछामले गर्नुपर्ने समन्वय प्रमुख कुवँरको जोड छ ।
सोही अवसरमा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले विगतमा जिल्लाका सरोकारवालाको बैठकले मंगलसेन नगरपालिकालाई सेफ हाउस संचालन गर्न अनुमति दिएपछि मात्रै मंगलसेन नगरपालिका संचालन गर्न तयार भएको बताउनुभयो । सेफ हाउस संचालन गर्न जिल्लाका अन्य पालिका बाट सहयोग नभएपछी मंगलसेन नगरपालिकाले बाध्य भएर सेफ हाउस संचालन गरेको बताउनुभयो । अहिले पनि जिल्लाका सरोकारवालाका विच सर्वपक्षीय सहमती भएको खण्डमा मंगलसेन नगरपालिका बाधक नबन्ने नगर प्रमुख बोहोराको भनाई थियो ।
अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले सेफ हाउस जस्तो संवेदनशील संस्था संचालनका लागि विवाद गर्न नहुने बताउनुभयो । मंगलसेन नगरपालिका र जिल्ला समन्वय समितिको आन्तरिक विवादको कारण सेवाग्राहीले दुख्ख पाउन नहुने प्रमुखजिल्ला अधिकारी लम्सालले जोड दिनुभएको छ । यस्ता संस्थाहरु विवादरहीत बनाउनुपर्छ, यदी नगरपालिका र समन्वय समिति विच सहमति नभएको खण्डमा जिल्ला प्रशासन कार्यालय अछाम चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको छ ।
सोही कार्यक्रममा बोल्दै अछामका प्रहरी प्रमुख (डिएसी) ईश्वरी प्रसाद भण्डारीले अछाम जिल्लामा महिला र बालबालिका सम्बन्धिका थुप्रै केशहरु आउने गरेकाले यस्तो अवस्थामा उनीहरुको व्यवस्थापनका लागि सेफ हाउसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । अहिले पनि जिल्ला प्रहरी कार्यालय अछाममा जिल्लाका विभिन्न पालिका बाट महिला तथा बालकालिकाहरु समस्या लिएर आउने गरेको तर उनीहरुलाई सुरक्षित तरिकाले राख्न मिल्ने सेफहाउस गतिलो नहुदा समस्या भईरहेको डिएसपी भण्डारीको भनाई छ ।
होटल सनसाइन प्लाजामा सम्पन्न बैठकमा सहभागि जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाही, मंगलसेन नगरपालिका उप प्रमुख संगिता रावल सोडारी, मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी,वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाट, नेपाल रेडक्रस सोसाइटीका धन कुमार केसी, यु.एन. एपि.ए. का भरत गोतामे, जिल्ला अस्पताल अछामका ओसी एमसी प्रमुख गंगा बुढामगर र सिएमसी काउन्सिलर पार्वती बोहरा लगायतले सुझाव दिदै सेवाग्राहीको संख्या दिनप्रतिदिन बढीरहेको बेला यस्तो अवस्थामा सेवा प्रदानगर्ने संस्था मजबुद हुन आवश्यक रहेको बताएका थिए ।
सोही अवसरमा मंगलसेन नगरपालिका द्वारा सञ्चालित सुरक्षित आवासगृह (सेफ हाउस) मा ७ महिनाको अवधिमा १ सय ३९ जनाले सेवा लिएका काउन्सिलर ललिता रावलले जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा ओसि.एमसि, युएनएफपिए, सिएमसि नेपाल, साथी संस्था, पत्रकार लगायत सरोकारवाला निकायका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।













Discussion about this post