कमलबजारको हाकिममा शाही हाजिर पालिकाद्धारा स्वागत

14
SHARES
75
VIEWS

अछामको कमलबजार नगरपालिकामा लोक बहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका छन्। नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाहीलाई आर्थिक अख्तियारीसहितको जिम्मेवारी दिँदै कमलबजार नगरपालिकामा खटाएको हो। यसअघि कमलबजार नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा चक्र बहादुर बिष्ट कार्यरत थिए। ज्येष्ठताका आधारमा बिष्ट सिनियर भए पनि उनले नियमानुसार काम गर्न खोज्दा केही जनप्रतिनिधि तथा उनीहरू निकटका व्यक्तिहरुबाट असहयोग भएको भन्दै उक्त जिम्मेवारीबाट पछि हट्ने घोषणा गरेका थिए।

त्यसपछि मन्त्रालयले पौष १६ गते शाहीलाई कमलबजार नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको थियो । लोक बहादुर शाही यसअघि अछामकै मंगलसैन नगरपालिका, तुर्माखाँद गाउँपालिका लगायत बाँकेका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासक हुन्। पदबहालीपछि उनले नगरपालिकाको प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउँदै जनतामुखी सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कमलबजार नगरपालिकामा जनप्रतिनिधिहरूबीच आन्तरिक तालमेलको अभावका कारण योजना सम्झौता तथा कार्यान्वयनमा ढिलाइ हुँदै आएको स्थानीयको गुनासो रहँदै आएको छ । शाहीको नेतृत्वमा प्रशासन चल्न थालेपछि नगरपालिकामा समन्वयात्मक वातावरण सिर्जना हुने र विकास निर्माणका कामले गति लिने जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको अपेक्षा रहेको छ । शाहीको उपस्थिति पछि नगरपालिकाभित्र राजनीतिक तथा प्रशासनिक रुपमा सहकार्य र सद्भाव बढ्ने संकेत देखिएको छ। स्थानीय बासिन्दा र कर्मचारीहरूले उनले प्रशासनिक दक्षता प्रस्तुत गर्दै नगरपालिकाको समग्र विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरेका छन् । पश्चिम रैबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार