अछाममा रुख ढलेर एक महिला घाइते

12
SHARES
68
VIEWS

अछाममा रुख ढलेर एक महिला गम्भीर घाइते भएकी छन। शनिबार जिल्लाको कमलबजार नगरपालिका–३ बयलामा रुख ढलेर एक महिला गम्भीर घाइते भएकी छन ।

साेही वडा निवासी अन्दाजी ५० बर्षकी भाना ढकाल शानिबार आफ्नै जमिनमा रहेको तिमिलाको रुखमा घाँस काट्ने क्रममा रुख जरैबाट ढलेर च्यापिँदा गम्भीर घाइते भएको परिवार श्रोत बताएको छ ।

घटनापछि उनलाई तत्काल जिल्ला अस्पताल मंगलसैन पुर्‍याइएको थियो । प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ । चिकित्सकहरूका अनुसार उनको टाउको र बाँया आँखामुनि गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार