निराजन भण्डारी ।क्यान्सर पिडित ढकारी गाउँपालिका वडा नम्बर ७ निवासी काैसी देवी थापाकाे उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ।
थापा तीन महिनादेखि भारतकाे हरियाना जिल्लामा रहेकाे हरियाना यमूना नगर हस्पिटलमा उपचाररत छन्। ६२ बर्षकी थापाकाे पेटकाे बायाँ पट्टी क्यान्सर लागेको छ ।
आमाको उपचारमा अहिलेसम्म करिब ८ लाख रकम खर्च भइसकेकाे तर अझै सञ्चाे नभएको क्यान्सर पिडितका छाेरा उमेश थापाले बताउनुभयो ।
आमाकाे थप उपचारका लागि आर्थिक समस्या भएको बताउँदै थापाले सहयोगी मनहरूले सहयोग गरेर आमाकाे पुनर्जीवन गराइदिन अनुराेध समेत गर्नुभयाे ।
परिवारकाे आर्थिक अवस्था निकै कमजोर रहेकाे बताउँदै थापाले आमाकाे उपचारमा सहयोग गर्न चाहानेले सिटिजन बैंक ढकारीमा सञ्चालनमा रहेकाे 0790100000258032 खाता नम्बरमा सहयाेग गरिदिन अनुराेध गर्नुभयाे ।
तल राखिएका स्क्यानरमा पनि सहयाेग गर्न सकिने छ














Discussion about this post