मोटरसाइकल सहित बिरामीको घरमै पुग्न थाले वडा अध्यक्ष साउद ।।

16
SHARES
91
VIEWS

नागरिकको सेवामा सधै अग्रसर रहेका अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ बरदादेबिका वडा अध्यक्ष नवराज साउदले आफुले चढ्दै आएको मोटरसाइकलबाट एम्बुलेन्सको जसरी नागरिकको सेवामा प्रयोग गरिरहेका छन् ।

वडा अध्यक्ष साउद गाउँ घरमा जेष्ठ तथा असक्त नागरिक बिरामी हुदाँ आफै घरमै पुगेर मोटरसाइकल लिएर बिरामीहरुलाई स्वास्थ संस्था सम्म पुर्याउने गरेका छन। नागरिकका आधुनिक जीवन शैली स्वदेश तथा वैदेशिक रोजगार सङ्गै गाउघरमा जेष्ठ तथा अशक्त व्याक्तिहरु बिरामी पर्दा घरमा जिवित पाउन गाह्रो हुने अवस्था भएको अध्यक्ष साउदले बताए ।

गाउँ टोलका जेष्ठ तथा अशक्त नागरिक बिरामी हुदाँ तत्काल खबर गर्न वडा अध्यक्ष साउदले आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार