आउँदो एसईई परीक्षामा अछाममा २६ वटा परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ अछामले ५ हजार ५ जनाले परीक्षा दिने गरे केन्द्र सार्वजनिक गरिएको हो ।
मंगलसेन नगरपालिकास्थित षोडशा मावि मंगलसेन, राधा मावि बोगटीगाउँ, मंगला नेपाल राष्टिय मावि वलिगाउँ र अन्नपुर्ण मावि कालागाउँ परीक्षा केन्द्र कायम गरिएको इकाइका परीक्षा शाखा प्रमुख सुरेन्द्र बजगाइले जानकारी दिनुभयो । साँफेबगर नगरपालिकामा जनकल्याण मावि साँफेबगर, बेतालमाण्डौ मावि घुघुरकोट, सुर्यचन्द्र मावि कालिमाटी, त्रिपुरासुन्दरी मावि श्रीकोट, महेन्द्र मावि वयलपाटामा परीक्षा केन्द्र राखिएको छ।
रामारोशन गाउँपालिकाको नेपाल राष्टिय मावि चाफामाण्डौ, यशोदा मावि रामारोशन, चौरपाटी गाउँपालिकामा सिउडी मावि सिउडीमा केन्द्र तोकिएको छ । यस्तै ढकारी गाउँपालिकामा अष्टसिद्धि मावि ढुंगाचाल्ना, कालिका मावि हिच्मा, तुर्माखाँद गाउँपालिकामा सिद्धेश्वरी मावि धमाली, कालिकेश्वरी मावि तुर्माखाँदमा परीक्षा केन्द्र राखिएको छ ।
एसईई परीक्षाकै लागि मेल्लेख गाउँपालिका पिपिलचौर मावि बगुडा, जनता मावि मेल्लेख, कमलबजार जाल्पादेवी मावि ढाँकु, कात्यानी मावि विरपथमा परीक्षा केन्द्र राखिएको छ । पञ्चदेवल विनायकमा मालिका मावि बारला, विद्यामन्दिर मावि विनायकमा परीक्षा केन्द्र तोकिएको बजगाइको भनाइ छ।
प्राविधिक धारका जिल्लाभरका विद्यार्थीहरुले मंलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र कायम गरिएको इकाइले जनाएको छ । यस्तै ग्रेडवृद्धि परीक्षा दिने जिल्लाभरका सबै विद्यार्थीको केन्द्र षोडशा मावि राखिएको छ । यसपटक अछाम जिल्लाभरमा नियमिततर्फ दुइहजार ७८ जना छात्र र दुइहजार २२३ जना छात्राले परीक्षा दिने भएका छन् । ग्रेडवृद्दितर्फ २९३ जना छात्र र ४३५ छात्रा रहेका शिक्षा विकास तथा समन्वय एकाइ अछामले जानकारी दिएको छ । मिराकल पाटी













Discussion about this post