तरुण दल अछामको बैठक मंगलसेनमा सम्पन्न

21
SHARES
114
VIEWS

निराजन भण्डारी । नेपाली काँग्रसको भातृ संस्था तरुण दल अछामको बैठक मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रमेश बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले प्रारम्भिक सदस्यता र पुर्णकालीन सदस्यता वितरण गर्ने फारम सहित १० वटै पालिकामा संयोजक समेत तोकेको छ ।

जस अन्तर्गत मंगलसेन नगरपालिकामा बल बहादुर बडेला,हेम भण्डारी साँफेबगर नगरपालिकामा सुदिप कुँवर,कमलबजार नगरपालिकामा तारा विक,पञ्चदेवल विनायक नगरपालिकामा ललित बिष्टलाई संयोजकको रुपमा खटाइएको हो ।

यस्तै चौरपाटी गाउँपालिकामा तुल बहादुर साउद,बान्नीगढी जयगढ गाउँपालिकामा देबेन्द्र बहादुर थापा,रामारोशन गाउँपालिकामा शक्ति साउद,ढकारी गाउँपालिकामा पुर्ण बहादुर बुढा तुर्माखाँद गाउँपालिकामा कृष्ण बयकलाई संयोजकको रुपमा खटाइएको छ भने मेल्लेख गाउँपालिको संयोजक तोक्न बाँकी रहेको छ ।

बैठकमा तरुण दलका केन्द्रिय सदस्य तपेन खड्का,कुवेर साउद लगायत अन्य तरुण दल अछाममा आबद्ध नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार