गँगा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीकाे बिदाई

13
SHARES
74
VIEWS

निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर ६ अवस्थित गँगा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुकाे बिदाई गरिएको छ।

एसईई परीक्षाको तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले मंगलबार आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेका हुन ।

कक्षा ९ का बिद्यार्थीहरुले टिका ग्रहण सहित मायाकाे चिनाे प्रदान गरेर कक्षा १० का बिद्यार्थीकाे बिदाई गरेका हुन ।

कक्षा ९ मा अध्ययनरत छात्रा जानकी भण्डारीकाे अध्यक्षतामा भएको बिदाई कार्यक्रमकाे प्रमुख अतिथीमा विद्यालयका प्रधानाध्यापक माेतीराम भण्डारी रहनु भएको थियोे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी भण्डारीले विद्यार्थीहरुलाई आउदै गरेको एसईई परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना समेत गर्नुभएको छ ।

परिक्षा आउन अझै केही दिन बाँकी रहेकाे बताउँदै प्रधानाध्यापक भण्डारीले घरमा पनि राम्रोसँग पठनपाठन गर्न बिद्यार्थीलाई निर्देशन दिनुभएकाे थियोे । कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेको थियोे ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार