पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आज हल्का वर्षा भइरहेको छ । डडेलधुरा, डोटी, अछाम लगायतका केही जिल्लामा बिहानदेखि हल्का वर्षा भइरहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधारणतया बदली तथा लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।













Discussion about this post