स्ववियु चुनावमा अछाममा ४ वटा विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुने

24
SHARES
135
VIEWS

निराजन भण्डारी । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अछाममा ४ वटा सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा विशेष गरी एमाले निकट अनेरास्ववियु,काँग्रेस निकट नेविसंघ,माओवादी निकट अखिल क्रान्तिकारी,र नेपाल कम्युनिस्ट पाटी विप्लव निकट अखिल समाजवादी विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको हाे ।

स्ववियु चुनावमा भाग लिन ४ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका छन । चुनावी कार्यतालिकाको पहिलो दिन साेमबार विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ताको काम सकिएको छ । दर्ता गरेका नाम मध्येबाट छानबिन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिले जनाएको छ ।

स्ववियु चुनावमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी सङ्गठन, समूह दर्ता हुनुपर्ने व्यवस्था छ । स्ववियु चुनाव नजिकिँदै गर्दा मुख्य विद्यार्थी सङ्गठनहरूले क्याम्पसहरुमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार