मंगलसेनमा १ वर्षमा १८२ घरधुरीमा खानेपानीको पहुँच

7
SHARES
41
VIEWS

मंगलसेन नगरपालिकामा आर्थिक वर्ष २०८०।०८१ मा १८२ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । आईतबार नगरपालिकामा आयोजित पालिका स्तरिय योजना समिक्षा तथा समन्वय वैठकमा सो विषयमा जानकारी गराईएको हो ।

नगरपालिकाले एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम (हेल्भेटास) र रुडेक नेपाल संगको साझेदारीमा गत आर्थिक वर्ष २०८०।०८१ मा १८२ घरधुरीमा खानेपानीको पहुँच पुगेको र चालु आर्थिक वर्षमा २८४ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेगरि विभिन्न वडामा खानेपानी आयोजना निर्माण अन्तिम चरणमा रहेका छन । साथै आगामी आर्थिक वर्षका लागि १ हजार ३० घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरि विभिन्न ७ वटा वडाका ७ वटा खानेपानी तथा सरसफाई आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिसकिएको छ ।

गत आर्थिक वर्षमा मंगलसेन नगरपालिका वडा नम्वर १, ७ र १३ मा ३ वटा खानेपानी योजना सम्पन्न गरि संचालनमा रहेका छन । जसमा नगरपालिकाको ४९ लाख ९३ हजार ११२ रुपैयाँ ५२ पैसा लागत लागेको छ भने हेल्भेटास मार्फत १ करोड ४४ हजार १०८ रुपैयाँ २८ पैसा लागत रहेको छ । ३ वटै योजनाहरुमा २१ लाख ६२ हजार २४० रुपैयाँ बराबरको उपभोक्ताले जनश्रमदान गरेका छन भने नीजि धारमा १३ लाख ३२ हजार ९४६ बराबरको नगद तथा श्रमदान रहेको छ । ३ वटै वडामा सम्पन्न भएका योजनाहरुको कुल लागत १ करोड ८५ लाख ३२ हजार ४ सय ६ रुपैयाँ ८ पैसा रहेको रुडेक नेपालका फिल्ड संयोजक टंक बहादुर बोहराले जानकारी दिनुभयो ।

बोहराका अनुसार चालु आर्थिक वर्षमा वडा नम्वर ५, ६, ११ र १२ मा गरि जम्मा ४ वटा खानेपानी योजनाहरु निर्माण कार्य अन्तिम चरणमा रहेकाका छन । ४ वटै वडामा संचालित चार योजनाहरुको कुल लागत २ करोड २३ लाख ७३ हजार ६ सय ६४ रुपैयाँ रहेको छ । जसमा नगरपालिकाको ५३ लाख ५९ हजार ३ सय ३९ र हेल्भेटास नेपालको १ करोड १७ लाख २ हजार ४ सय ८४ रहेको छ । योजनाहरुमा २८ लाख २० हजार ६ सय ८७ बराबरको जनश्रमदान र २४ लाख ९१ हजार १ सय ५३ रुपैयाँ ७८ पैसा बराबरको नीजि धारामा नगद तथा श्रमदान रहेको छ ।

नगरपालिकाले हेल्भेटास नेपाल संगको साझेदारीमा विभिन्न वडाका खानेपानी समस्या झेलिरहेका टोल र समुदायलाई लक्षित गरि योजना निर्माण गरिरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । सुद्ध खानेपानीको पहुँच बढाउनका लागि नगरपालिकाले वास योजना बनाई कार्यान्वयन गरिरहेको उहाँको भनाई छ ।

पालिका स्तरिय योजना समिक्षा तथा समन्वय वैठकमा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले नगरबासिलाई खानेपानी उपदव्ध गराउँन स्थानीय स्थरमा हेल्भेटास नेपाल संग साझेदारी अघि बढिरहेको र प्रदेश तथा संघ मार्फत पनि खानेपानी आयोजनाहरु निर्माणकार्य भैरहेको बताउँनुभयो । मुहान नहुने स्थानमा लिफ्टिङ प्रविधि मार्फत भएपनि खानेपानी उपलव्ध गराउँने प्रयास भैरहेको उहाँको भनाई छ । नगरपालिकाले खानेपानीका मुहाँन संरक्षणका लागि पनि कार्य अघि बढाउने र उच्च स्थानमा रिचार्ज पोखरी समेत निर्माण गरिने बोहराले बताउनुभयो । हेल्भेटासको साझेदारीमा भैरहेको काम निकै गुणस्तरी र प्रभावकारी रहेको भन्दै निरन्त साझेदारी गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

 

योजना समिक्षा कार्यक्रममा नगरको वास योजनालाई अद्यावधिक गर्दै लजानुपर्ने र सत प्रतिशत नगरबासिमा खानेपानीको पहुँच पुर्याँउनका लागि पहल गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल सहित वडा अध्यक्षहरु र कर्मचारीको सहभागिता रहेको थियो । हेल्भेटास नेपालका वास अधिकृत चन्द्र प्रकाश केसीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको योजना समिक्षा तथा समन्वय वैठकको सञ्चालन धनराज जोशीले गर्नुभएको थियो । मंगलखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार