अछाममा शत प्रतिशत किशोरीले एचपिभी खोप लगाए

8
SHARES
43
VIEWS

निराजन भण्डारी । अछाममा लक्षित समूहका करिव शत प्रतिशत बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । माघ २२ गते देखी सञ्चालन भएको पोठघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानबाट १३ हजार ९ सय ४३ जना किशोरीलाई खोप लगाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामले विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका गरी १३ हजार ९ सय २१ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखेको थियो ।तर लक्ष्य भन्दा करिब २२ जना बढी किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले जानकारी दिनुभयो।

कार्यालय प्रमुख जोशीका अनुसार पञ्चदेवल विनायक नगरपालिकामा १६ सय ४८ रामारोशन गाउँपालिकामा १५ सय ६६ मेल्लेख गाउँपालिकामा १६ सय ३८ साँफेबगर नगरपालिकामा १४ सय ७० जना किशोरीले एचपिभी खोप लगाएका छन ।

यस्तै चौरपाटी गाउँपालिका ११ सय ५६ मंगलसेन नगरपालिकामा १६ सय ११ बान्नीगढी जयगढ गाउँपालिकामा ८ सय २७ कमलबजार नगरपालिका १४ सय २१ ढकारी गाउँपालिकामा १२ सय ६ र तुर्माखाँद गाउँपालिकामा १४ सय जना किशोरीले एचपिभी खोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार