निराजन भण्डारी । अछाम जिल्लाकाे रामाराेशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनमा रहेकाे नवदुर्गा आधारभुत विद्यालयमा कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि पढाई प्रभावित हुन थालेकाे छ ।
बिगत १ बर्ष देखि याे समस्या बिद्यालयमा रहेकाे तर अहिले आएर झन् बढी हुन थालेकाे बिद्यालय प्रशासनले जनाएको छ ।
कक्षा कोठामै छात्राहरू मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित भएको हो । १५ बर्ष देखि १६ वर्ष उमेर भित्रका छात्राहरूमा यस्तो प्रकारको रोग देखिएको विद्यालयका प्रधानाध्यापक देबराज खनालले जानकारी दिनुभयो ।
किशोरी विरामी पर्न थालेपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन्। विद्यालयमा जाँदा विरामी होइन्छ भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेको प्रधानाध्यापक खनालले बताउनुभयो ।
दैनिक यस प्रकारको समस्या देखा परेपछि विद्यालयमा विद्यार्थी उपस्थिति कम हुँदै गएको छ। विरामी भएका विद्यार्थीलाई केही दिन घरमै आराम गर्न आग्रह गर्ने गरेको प्रधानाध्यापक खनालले बताउनुभयो ।













Discussion about this post