अछाम जेसीजद्धारा खाद्यान्न सहयोग

12
SHARES
64
VIEWS

टेक बहादुर थापा । अछाम जेसीजले अछाम जिल्लामा रहेको वैद्यनाथ बेद विद्याआश्रमलाई खाद्यान्न सहयोग गरेको छ । महाशिवरात्रीको अवसरमा वर्ष २०२५ ले बुधबार वैद्यनाथ क्षेत्रमै गएर संस्थालाई ६० केजी चामल, एक पेटी खानेतेल, पाच केजी दाल र ५ केजी चिनी हस्तान्तरण गरेको हो ।

आश्रममा बस्ने बटुकहरु, शिक्षक र गुरुहरुको लागी खाद्यान्न सहयोग गरिएको अछाम जेसीजका अध्यक्ष जीतमान बोहराले बताउनुभयो । खाद्यान्न बुझ्दै संस्थाका सदस्य पूर्णनाथ योगीले अछाम जेसीजलाई धन्यवाद दिदै यस्ता परोपकारी कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

जिल्लाका अन्य ठाउमा पनी अछाम जेसीजले सहयोग गरेको खबर आफुले सुन्न पाएको तर आज आफ्नै संस्थालाई सहयोग गरेकाले संस्थाको उदेश्य र लक्ष्यका बारेमा धेरैकुरा बुझ्न पाएको संस्थाका सदस्य योगीको भनाई छ । अछाम जेसीजले यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने उहाको सुझाव थियो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, साफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवँर, मंगलसेन नगरपालिका वडा न ४ का अध्यक्ष नाम सिंह धामी, वैद्यनाथधाम पर्यटन तथा विकास समिति अध्यक्ष खडग खड्का, अछाम जेसीज वर्ष २०२० का अध्यक्ष तुलाराम बिसी, २०२४ का अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय, कानुनी सल्लाहाकार मनकला न्यौपाने, कार्यकारीणी उपाध्यक्ष झनक अधिकारी लगायत सरोकारवालाको सहभागिता रहेको थियो । अछाम जेसीजले यस भन्दा अघि पनि यस्तै परोकारी कामहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार