निराजन भण्डारी । अछाममा माघ मसान्तसम्म २० बर्ष भन्दा कम उमेर भएका १ सय जना महिलाले गर्भजाँच गरेकाे पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार माघ मसान्तसम्म उनीहरूले गर्ब जाँच
गराएका हुन ।
जिल्लाका १० वटा स्थानीय तहकाे तथ्यांक हेर्दा २० बर्ष भन्दा कम उमेरमा आमा बन्नेकाे संख्यामा कमी आउन नसकेको स्वास्थ कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जाेशीले बताउनुभयो ।
कार्यालय प्रमुख जाेशीका अनुसार आर्थिक बर्ष २०८१/२०८२ काे माघ मसान्तसम्म मंगलसेन नगरपालिकामा ७ जना साँफेबगर नगरपालिकामा ३ जना पञ्चदेवल बिनायक नगरपालिकामा ८ जना कमलबजार नगरपालिकामा ७ जना महिलाले गर्भजाँच गराएका छन ।
यस्तै रामाराेशन गाउँपालिकामा १९ जना मेल्लेख गाउँपालिकामा ९ जना चाैरपाटी गाउँपालिकामा ११ जना बान्नीगढी जयगढ गाउँपालिकामा ६ जना तुर्माखाँद गाउँपालिकामा ७ जना र ढकारी गाउँपालिकामा २३ जना २० बर्ष भन्दा कम उमेरमा महिलाले गर्भजाँच गराएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।













Discussion about this post