शिवरात्रीको नाममा विकृति नफैलाउन सबैलाई डिएसपी भण्डारीकाे आग्रह

8
SHARES
46
VIEWS

टेक बहादुर थापा । अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले शिवरात्रीको नाममा विकृति फैलाउने काम नगर्न सबैलाई आग्रह गर्नुभएको छ । शिवरात्री पर्व हाम्रो एक महान पर्व भएकाले यसलाई हाम्रो सामाजिक मुल्य मान्यता भित्र रहेर मनाउनुपर्ने बताउनुभयो ।

पछिल्लो समय शिवरात्रीमा जथाभावि भाङ, धतुरो खाने, खानेकुराहरुमा भाङ हाली दिने, नखाने मान्छेहरुलाई पनी जबरजस्ती खुवाउने जस्ता गलत परम्परा हावी हुदै गएको भन्दै यस्ता कार्यमा संगलग्न नहुन आग्रह गर्नुभएको छ ।

जथाभावि भाङ खाने, बेचबिखन गर्ने जस्ता गलत गतिविधि गरेको पाइएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्दै उहाले यस्ता अनैतिक कार्यमा जोडिएका व्यक्तिलाई प्रहरीले कार्वाही गर्ने चेतावनी दिनुभएको छ ।

महाशिवरात्रीको अवसरमा रेडियो गाउँघर संग कुराकानी गर्दै प्रहरी प्रमुख भण्डारीले पछिल्लो समयमा अछाम जिल्लामा पनि लागु औषधका घट्नाहरु दिन प्रतिदिन बढिरहेकाले आफ्ना छोराछोरीलाई यस्ता गलत क्रियाकलाप बाट जोगाउन सबै अभिभावकलाई आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामले यो आर्थिक वर्षमा मात्रै लागु औषधका ७ वटा दर्ता गरेको जानकारी गराउनु भएको थियो । बुधबार जिल्लाका विभिन्न १८ वटा ठाउमा शिवरात्रीको अवसरमा पूजाआजा सहित मेला लाग्ने जानकारी जिल्ला प्रहरी कार्यालय अछाम आएको प्रहरी प्रमुख भण्डारीले सोही अवसरमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार