१५ औं राष्ट्रपति रनिङ शिल्डमा मंगलसेन हालसम्म प्रथम

16
SHARES
91
VIEWS

चौरपाटीमा जारी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चौथो दिन शनिवार सम्मका खेलमा मंगलसेन नगरपालिकामा प्रथम स्थानमा रहन सफल भएको छ ।

हालसम्म मंगलसेन नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ३ कास्य सहित प्रथम स्थानमा रहन सफल भएको हो ।

जारी प्रतियोगितामा ३ हजार मिटर दाैड (छात्र), ८ सय मिटर दाैड (छात्र), ४ सय मिटर दाैड (छात्रा), लङ्जम्म (छात्रा), त्रिपलजम्म (छात्रा) र कबड्डी ( छात्र) मा जित हासिल गरेको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दिपक भण्डारीले बताउनु भयाे ।

जारी प्रतियोगितामा अब ४ वटा स्पर्धामा पदककाे छिनाेफानाे हुन बाँकी रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार