मालिका सामुदायिक बनको ३३ औँ बार्षिक उपभोक्ता भेला सम्पन्न

13
SHARES
71
VIEWS

निराजन भण्डारी । मालिका सामुदायिक बन उपभोक्ता समुह मंगलसेन ६ को ३३ औँ बार्षिक उपभोक्ता भेला सम्पन्न भएको छ ।उपभोक्ता समुहका अध्यक्ष पुष्पराज भण्डारीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथीमा संविधान सभा सदस्य भैरे कामी रहनुभएको थियो ।प्रमुख अतिथीको आशनबाट बोल्दै संविधान सभा सदस्य कामीले मानव जिवनका लागि बनको अति आवश्यक रहेको बताउनुभएको छ । बनको संरक्षण तथा संम्बद्र्धन गर्न सकेमा आर्थिक आर्य

श्रोतलाई पनि बढाउन सकिने बताउँदै कामीले दैनिक रुपमा उपभोक्ताहरुलाई बनको संरक्षण गर्न पनि आग्रह गनुभयो ।

भौगोलिक रुपमा मालिका सामुदायिक बन एक महत्वपुर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र भएको बताउँदै संविधान सभा सदस्य कामीले यो क्षेत्रबाट अछामका महत्वपुर्ण ठाउँको अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रको थप विकासका लागि सबै सरोकारवाल अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको बिशिष्ट अतिथीमा मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी र मंगलसेन ५ का निर्वमान वडा अध्यक्ष हरिप्रसाद ढुंगाना रहनुभएको थियो । अन्य अतिथीमा राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला सदस्य सेतीराम भण्डारी,नेपाली काँग्रेशका वडा सभापति गंगाराम भण्डारी,एमालेका टंक प्रसाद भण्डारी वडा सदस्य जन्मराज भण्डारी सरिता भण्डारी,मैसरा दमाई नेपाल रेडक्रश सोसाईटी जनाली बण्डाली उपशाखाका सभापति राजेश्वर भण्डारी विभिन्न संस्थाका प्रमुख एवम प्रतिनिधि पत्रकार लगायतको सहभागीता रहेको थियो ।

बार्षिक उपभोक्ता भेलामा संस्था अध्यक्ष पुष्पराज भण्डारीले संस्थाको समसामयिक प्रतिवेदन र कोषाध्यक्ष भवानी प्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शनिबार ठुलासेनमा सम्पन्न उपभोक्ता भेलामा गंगा माध्यामिक विद्यालयका एनसीसी विद्यार्थीहरुले नृत्य प्रस्तुत समेत गरेका थिए ।संस्थाका सदस्य नगेन्द प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन बेदप्रसाद भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार