नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड राकम कर्णाली शाखा कार्यालयले सचेतनाका कार्यक्रमलाई अघि बढाएको छ । विभिन्न समूहमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ संस्थाले यस्ता गतिविधिलाई तिब्रता दिएको हो ।
संस्थाको काम ऋण लगानी गर्ने, असुली गर्ने मात्र नभई बचतको महत्व, ऋण केहो ? संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धि गरि लगेको ऋण कसरी सदुपयोग गर्न सकिन्छ भन्ने उपायका बारेमा समेत जानकारी गराउने उदेश्यका साथ संस्थाको कार्य क्षेत्रमा यस्ता रचनात्मक कार्यलाई अघि बढाएको यस्तै फागुन ७ गते स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
शाखामा वित्तीय कारोवार गरिरहेका महिला सदस्यहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा महिला सशक्तिकरण, स्वास्थ्य सचेतना, तथा वित्तीय ज्ञान दिईएको थियो । भेल्तडी नेरूडे मिर्मिरे महिला समूहकी अध्यक्ष हरिकला माझीको अध्यक्षतामा तथा वालगडा नेरूडे मिर्मिरे महिला समूहकी निर्मला देवी माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय अहेव गौरा मयलले मौसम परिवर्तनका कारण लाग्ने रोगहरू, यसबाट बच्ने उपाय, महिलाहरूमा पाठेघरको क्यान्सर रोगको जोखिम र रोकथामका उपायहरूबारेमा समेत सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।
यस्तै संस्थाका श्रीनगर क्लष्टर प्रमुख तेज बहादुर खत्रीले वित्तीय साक्षरता सम्बन्धी जानकारी गराउदै महिला सदस्यहरूलाई सुव्यवस्थित बचत, ऋण व्यवस्थापन, आर्थिक योजना, र वित्तीय अनुशासनका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा त्यस क्षेत्रका समाजसेवी, बुद्धिजीवी, शिक्षक, राकम कर्णाली शाखा तथा कमलबजार अछाम शाखाका कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिने क्रममा आउँदो हप्ता चितवनको भरतपुर र नवलपरासीको रजहरमा समेत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताईएको छ ।













Discussion about this post