टेक बहादुर थापा । मंगलसेन नगरपालिका वडा न ३ निवासी नेपाल प्रहरीका पुर्व प्रहरी नायव उपरिक्षक (डिएसपी) गिन्द्र बहादुर बोगटीको निधन भएको छ ।
५३ बर्षिय बोगटीको क्यान्सर रोगका कारणले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा बिहिबार बिहान निधन भएको हो ।
एक बर्ष अघि क्यान्सर रोग देखा परेपछि बोगटी निरन्तर उपचारमा हुनुहुन्थ्यो । नेपाल प्रहरी भित्र ईमान्दर पुलीस अफिसरको छवि बनाउनु भएका प्रहरी नायव उपरिक्षक बोगटी २०५१ सालमा नेपाल प्रहरीको सेवा प्रवेश गर्नुभएको थियो ।
उहाको बिहिवार पशुपति आर्यघाट राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको मृतक बोगटीका भाई मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले जानकारी दिनुभएको छ । बोगटीका श्रीमती सहित एक छोरा र एक छोरी छन ।













Discussion about this post